निर्देशक निरौलाद्धारा केक काट्दै ‘होलिडे’को घोषणा

...

बैशाख, काठमाडौं ।  बि.एन. फिल्मस्को व्यानरमा चलचित्र ‘होलिडे’ बन्ने भएको छ । पुर्णतया एक्सनमा केन्द्रित यो चलचित्रको कलाकारहरु भने पक्क भईसकेको छैन । बसन्त निरौलाले निर्देशन गर्ने यस चलचित्र देश भित्र र देश बाहिर पनि छायांकन गरीने बताईएको छ ।

nepali movie holiday

निर्देशक निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रममा बिच चलचित्रको घोषणा गरेका हुन् । चलचित्रको गीत रेकडिङको सुरुवात गर्दै घोषणा गरिएको हो । संगीतकार टंक बुढाथोकीले पुतलीसडकमा संचालनमा ल्याएको ‘स्टूडियो नाइन’मा यो चलचित्रको गीत रेकडिङ हुनेछ । चलचित्रमा ३ गीत समावेश हुनेछ ।

tanka-studio
चलचित्र घोषणा कार्यक्रममा नायक आर्यन सिग्देल, नायिका संचिता लुइटेल, कलाकार रमेश बुढाथोकी, पवित्रा आचार्य, सोहित मानन्धर उपस्थित थिए । यसअघि बसन्तले ‘विजयपथ, राजनीति र आवेग’ निर्देशन गरिसकेका छन् ।