बिक्की अग्रवालको ‘आम्मा कसम याँ दुख्छ’ शो प्रति युवराज सफलको आपत्ति (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौं । बिबिध बिषयमा आवाज उठाउँदै आइरहेका युवराज सफलले कमेडियन बिक्की अग्रवालको कमेडी रोस्ट शो आम्मा कसम याँ दुख्छ शो प्रति आपत्ति जनाएका छन् । उनले बिभिन्न कलाकार तथा नेतालाई गरिने ब्यंग्य भद्धा भएको भन्दै आपत्ति जनाएका हुन् । साथै उनले भारतिय नागरिक नेपालमा आएर ब्यंग्य भन्दै गालीको शैली प्रयोग गरेको पनि बताएका छन् । 

आम्मा कसम याँ दुख्छको पहिलो सिजन आफूले हेरेको र दोस्रो सिजनको पनि प्रोमो सार्वजनिक भएपछि उनले नेपालमा कुनै कमेडियननै नभएजस्तो भारतबाट आएर यहाँ कमेडी गरिरहेको र त्यो पनि गालीको शैलीमा ब्यंग्य गरेको तर्क राखेका हुन् । 
आम्मा कसम याँ दुख्छको दोस्रो सिजन यहि आउँदो शनिबार साउन २० गतेबाट प्रसारण हुँदैछ । पहिलो भागमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग चुनावमा हारेका केशव स्थापित रहेका छन् । युवराज सफलले यो शोबारे के भन्छन् । पुुरा सुनौँ । 
भिडिओ रिपोर्टः

Facebook.com/artists.khabar