पुजा शर्माले खोलिन् रेष्टुरेन्ट (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । पुजा शर्मा नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् । उनी अहिले युद्ध बाँनियासँग प्रेममा छिन् । उनै प्रेमिसँग मिलेर उनले एक रेष्टुरेन्ट खोलेकी छिन् । एकवर्षको तयारीमा ४ करोडको लगानीमा रेष्टुरेन्ट खोलेको पुजाले बताएकी छिन् । त्यहि रेस्टुरेन्टमा केहि खानेकुराहरुको मुल्य सुचनी सार्वजनिक भएको छ । त्यसो त काठमाडौं उपत्यकामा हजारौं रेस्टुरेन्ट छन् हजारौं रेस्टुरेन्टका थरिथरि मुल्य सुची छन् । तर एक कलाकारले रेस्टुरेन्ट खोलिसकेपछि आफूलाई माया गर्ने दर्शक आवस् भन्ने पक्कै चाहन्छन् । पुजाले पनि आफूलाई माया गर्ने दर्शक रेस्टुरेन्ट सम्म आउनेछन् भन्ने अपेक्षा पक्कै राखेकी छिन् । 

हामी यहाँ कुरा गर्दैछौं, एक कप चियाको मुल्य सुचीको । पुजाको उक्त रेस्टुरेन्टमा एक कप दुध चियाकै १५० रुपैंया लाग्ने रहेछ । पहिलो ग्राहकको रुपमा पुगेकी अभिनेत्री गौरी मल्लको टिमले खाएको बिलमा एककप चियाको मुल्य प्रष्ट देखिन्छ । त्यसो त यो कुरा पैसा हुने दर्शकका लागी ठुलो कुरा नलाग्ला तर कहिलेकाँही नेपालको कुनाकाप्चाबाट केन्द्रिय राजधानी काठमाडौं आएका पुजाका दर्शक त्यो रेस्ट्ुरेन्टमा पुगे भने चर्को बिल तिर्न सक्लान् । 

बर्षमा एउटा फिल्म त्यो पनि १०० रुपैंयाको टिकट काट्न सम्म पनि कतिपय दर्शकलाई धौधौ पर्छ । ति आर्थिक रुपमा विपन्न दर्शकलाई भने पुजा शर्माले टार्गेट नगरेको देखिन्छ । यदि पुजा शर्मालाई भेट्न, देख्न पाइन्छ त्यो रेस्टुरेन्टमा पुगेर खाजा खाऔं न भन्ने लाग्छ भने गोजीमा टन्नै पैसा बोक्नुहोला । किनकी पेट भर्नेगरी खाँदा बिल राम्रै आउने देखिन्छ । 

पहिलो ग्राहक बनेकी अभिनेत्री गौरी मल्ल एउटा प्रोजेक्टको छलफल गर्नका लागि सो रेस्टुरेन्टमा पुगेकी थिइन् । आफू पहिलो ग्राहक बनेको थाहा पाउँदा निकै खुशी लागेको गौरीले बताएकी छन् । गौरीले आफ्नो फेसबुसमा पूजाको रेस्टुरेन्टबारे केहि लेखेकी छिन् । उनले लेखेकी छन्, ‘भित्र छिर्दासम्म पनि हामीलाई थाहा थिएन, हामी पूजा युद्धको पहिलो ग्राहक बन्दैछौं । उनले आफ्नो अफिस रुमबाट निस्किँदै उत्साहले ‘ओएमजी, हजुर मेरो फर्स्ट गेस्ट भनेर आशीर्वाद दिँदै हग गरेपछि बल्ल थाहा भो विशेष त हाम्रो पनि दिन रहेछ । जे होस ,हामीले केही समय त्यो सुन्दर मनोहर ठाउँमा आफ्नो समय पनि बितायौं । छलफल पनि गर्यौं र केही स्वादिला परिवारको पनि अवसर पायौं ।’

आफूहरुले अर्डंर गरेका खानेकुरामा पूजाले एकदमै ‘न्यूनतम चार्ज’ गरेको गौरीले लेखेकी छन् । उनले सुरूमा बिलको फोटो पनि हालेकी थिइन्, तर मानिसहरू मूल्यसूची हेरेर धेरैजना झस्किएपछि हटाएकी छन् । बिलमा गौरी मल्लको टिमले २६ सय ५ रुपैंया तिरेको छ । गौरीको टिमले चार कप दूध चियाको मात्रै ६०० रुपैंया तिरेको छ । 

Video Report: