शंकरको जन्मदिनमा जेरीको मनछुने शब्द

...

साउन, काठमाडौं । केहि महिना अघि श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी गायिका बबिता बानिया जेरीले पुर्वपतिलाई जन्मदिनको शुभकाना दिएकी छिन् । शंकर क्षेत्री पनि गायक तथा मोडल हुन् । उनीहरुको केहि समय अघि सँगै बस्न नसक्ने भन्दै छुट्टीएका थिए । मिडियामा बिभिन्न समाचार पनि बने । जेरीले रुँदै अन्तर्वार्ता पनि दिइन् । बुधबार पुर्वपति शंकरको परेको जन्मदिनको अवसरमा जेरीले आफ्ना केहि शब्द लेखेकी छिन् । 

जेरील राखेको स्टाटसले अझैपनि पुर्वश्रीमान प्रति घृणा नभएको प्रष्ट देखिन्छ । उनले फेसबुकमा छोरी सहितको ३ जनाको तस्बिर राख्दै लेखेकी छिन्, मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिटै प्राप्ती होस,,जन्मदिनको असिम शुभकामना छोरिको बाउ । यो मनछुने स्टाटसले जेरीका कतिपय फ्यान शुभचिन्तक भावुक भएका छन् । उनले पहिलो लाइनमै मैले दिन नसकेको माया सथा र खुसी दिने मान्छेको छिट्टै भेटियोस् भनेकी छिन् । यसरी हेर्दा जेरीले छाड्न नचाहदा नचाहाँदै पनि शंकरले छाडेको भन्ने प्रष्ट बुझन् सकिन्छ । त्यसो त जेरीले उनीहरुको सम्बन्ध बिच्छेद हुने समयमा पनि शंकरले छाड्न खोजेको भन्दै अभिब्यक्ति दिइसकेकी थिइन् । 

जेरी र शंकरले प्रेम बिवाह नै गरेका थिए । उनीहरुको एक छोरी पनि छिन् । प्रेम बिवाह गरेपनि बिहे गरेको धेरै समय नहुँदै उनीहरुको सम्बन्धमा दरार आयो । उनीहरु छुट्टै बस्न थाले । उनीहरुबिच कुरा मिल्न सकेन । अन्ततः छुट्टीने निर्णय गरे । अहिले जेरी र शंकर आआफ्नो तरिकाले सांगितीक क्षेत्रमा ब्यस्त छन् । तर यसो भनिरहँदा केहि समय अघिमात्रै अर्थात सम्बन्ध बिच्छेद भइसकेपछि एक गीतमा सँगै देखिएका थिए । उनीहरु सुटिंगमासँगै थिए । सँगै टिकटक बनाएका थिए । उनीहरुले सम्बन्ध बिच्छेद हुने बित्तिकै बोल्नै नहुने, भेट्नै नहुने होइन् भन्ने तर्क राख्छन् । टिकटकमा खुसी देखिन्छन् । 

बिशेषगरी जेरी लाइभ दोहोरीबाट चर्चामा आएकी गायिका हुन् । यस्तै शंकर पनि गीत गाउँछन् तर जेरीसँगको बिहे पनि शंकरपनि चर्चामा आए । खासै नचिनिएका शंकरको जब जेरीसँग बिहे भयो । जेरीका श्रीमान भनेर धेरैले चिन्ने मौका पाए ।