र्‍याप गीत ‘भावना’ सार्वजनिक

...

साउन, काठमाडौं । अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताए । उनले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गरे । 

अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले साथ दिएका छन् । दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । पुष्कर खत्रीको मिक्सिङ मास्टरिङ रहेको गीत फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

Arman ko Bhabana.jpg

भिडियोका बारेमा बोल्दै निर्देशक पाख्रिनले पछिल्लो समय ¥यापमा युवापुस्ताको क्रेजलाई पछ्याउँदै अरमानले राम्रो प्रयास गरेको बताए । आफ्नो पहिलो प्रयासलाई सबैले माया गरिदिन अरमानले आग्रह गरे । त्यस्तै संगीतकार विनोद ढकालले ¥यापमा आउने नयाँ पिडीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

सार्वजनिक गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ । कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलको प्रस्तुतिसमेत राखिएको थियो ।