‘तिम्रो साथमै जिउने चाहाना’ को म्युजिक भिडिओ सार्वजनिक

...

साउन, काठमाडौँ ।  नयाँ म्युजिक भिडियोमा ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ । गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको भिडिओमा शिव आर ठकुरी र सेजल गौतम फिचर्ड छन् ।
शिव अहिले अष्ट्रेलिया बसेर सिनेमा निर्देशन पनि पढिरहेका छन् । उनले समय निकालेर म्युजिक भिडियो अभिनय पनि गरिरहेका हुन् । सार्वजनिक गीतमा उनको डान्स र सिक्स प्याक्ड शरिर तारिफ योग्य छ । सार्वजनिक भिडिओ आर्ट मुभिज र मोडल सुधिर श्रेष्ठसँगको सहकार्यमा निर्माण भएको हो। भिडियोमा सुधिर पनि बिशेष भुमिकामा देखिएका छन् ।

आर्ट मुभिजको प्रस्तुनिमा निर्माण भएको म्युजिक भिडिओमा कोरियोग्राफी पनि स्वयंम निर्देशक बिष्टको नै रहेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको सार्वजनिक गीतकको भिडियोमा सनिश श्रेष्ठ र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

सुधिर श्रेष्ठको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडिओमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, मिलन विश्वककर्माको कलर तथा शम्भु श्रेष्ठ प्रोडक्सन म्यानेजरको रुपमा आवद्ध छन् ।