प्रकाश कटुवाल र सिर्जुले ल्याए तीज गीत ‘नाठो पोई’

...

साउन, काठमाडौँ । गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकारीको स्वरमा नयाँ तीज गीत ‘नाठो पोई’ सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत पनि गायक कटुवालकै रहेको छ । 

गीतको भिडिओमा पनि गायक कटुवाललाई देख्न सकिन्छ भने उनीसँगै रामचन्द्र अधिकारी, निया गौतम, सोभा बिक र साजन बास्कोटाको अभिनय देख्न सकिने छ ।भिडिओ स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । गीतको भिडिओलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । गायक कटुवालको दर्जनौं गीत हिट छन् । चोर बिरालो, ढाडे बिरालो लगायतका गीत पनि कटुवालकै हुन् ।