‘ऐंचो पैंचो’को टिम प्रचारमा ब्यस्त

...

साउन, काठमाडौँ । चलचित्र ‘ऐंचो पैंचो’को टिम यतिबेला प्रचारप्रसारमा ब्यस्त छ । आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले बिभिन्न कलेजदेखी बिभिन्न रियालिटी शोमा पुगेर प्रचार गरिरहेको छ ।
 
यही शिलशिलामा मंगलबार चलचित्रको टिम नेपालको सवैभन्दा ठुलो पुरस्कार राशी भएको ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुगेको थियो । चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशिल सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन् । ‘मेरो डान्स युनिभर्स’को फाइनल केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ ।

चलचित्र अहिले गीत संगीत र सार्वजनिक टिजरमा कारण चर्चामा छ । आगामी शुक्रबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको चलचित्रको निर्माण त्यसपछि पुर्ण चलचित्रको प्रचारमा लाग्ने तयारीमा रहेको निर्देशक कृर्षा चौलागाईले बताइन् । चलचित्रको सफलताको लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाईको यही हप्ता मुम्बई पुगेर सिद्धिविनायक मन्दिरमा पुजा समेत गरेका छन् ।

aicho-paicho-movie-team.jpg

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

Photo by Saphal Ganejoo (Mero Dance Universe)