राजेश हमालले अभिनय गरेको तीजगीत सार्वजनिक

...

साउन, काठमाडौँ । महानायक राजेश हमालले अभिनय गरेको यसबर्षको तीज गीत सार्वजनिक गरिएको छ । गायिका भावना आचार्य र गायक डेभिड शंकरको स्वरमा रहेको नयाँ तीज ‘घर आँगनमा नाच फरर’ को भिडिओमा हमाल मज्जैले नाँचेका छन् । हमालको यो बर्षको तीजगीत पहिलो हो । यद्यपी यसपटक उनी तीज गीतमा नदेखिन पनि सक्छन् । उनलाई धेरै अफर आइरहेको तर निकै छानेर काम गरेको बुझिएको छ । 

भिडिओमा हमालसँगै मन्जु थापा फिचर्ड छिन् । भिडियोमा हमाल र मन्जुको केमेस्ट्रि सुहाएको देखिन्छ । भावना आचार्यका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु लोकप्रिय छन् । त्यस्तै गरि गायक डेभिडको पहिलो नम्बरमा, दर्शन सलाम जस्ता गीतहरु सफल छन्। मौलिक शब्दहरु समाबेश यस गीतले दर्शक श्रोताको मन जित्नेमा गायिका भावना ढुक्क छिन्। नव मोडल मन्जु थापा राजेश हमालसँग भिडिओमा काम गर्न पाउँदा उत्साहित छिन् ।

देबेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडिओमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडिओको छायांकन उत्सब दाहालले गरेका हुन् । भिडिओ ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।