‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ रिलिज, कर्मा र साम्राज्ञीको रोमान्स

...

साउन, काठमाडौँ । चलचित्र ‘नाङ्गो गाउँ’मा समावेश पहिलो गीत ‘पहिलो नम्बर’ सार्वजनिक गरिएको छ । यो चलचित्र भदौ २९ गतेबाट रिलिज हुने तयारीमा छन् । बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक यो गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । यो गीतलाई एसडीले रोमान्टिक शैलीमा तयार पारेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको चलचित्रको यो गीतको भिडियोमा आलोक शुक्लाको छायांकन छ । क्लब वर्क क्रियशन प्रा.लिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

बनिष शाहको सम्पादन रहेको यो चलचित्रको यो गीतमा नायक कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । चलचित्रमा कर्मा र साम्राज्ञीको साथमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणी नेपाल, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सबिन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रले राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई प्रस्तुत गरेको छ । यसअघि ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ लगायतका चलचित्र निर्देशन गरेका निर्देशक लामाले यसपटक पनि सामाजिक परिवेशमा चलचित्र बनाएका छन् ।