‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न

...

साउन, काठमाडौँ । नेपाली लोकदोहोरीका नवप्रतिभाहरुलाई लक्षित गर्दै सुरु हुन लागेको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न भएको छ । डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई यहि साउन ३० गते मंगलबार फिजिकल अडिसन गरिने भएको छ । फिजिकल अडिसन एजे इन्टरटेनमेन्टसको स्टुडियो पहेंलो पुल काठमाडौँमा हुने अध्यक्ष अजय पोखरेलले बताएका छन् ।  
  
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् । 

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘दोहोरी आइकन्स’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए । केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ ।