चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक

...

साउन, काठमाडौँ । आउँदो भदौ १४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र को ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई चलचित्र ले उठान गरेकाले आफ्नो मन छोएको बताए । चलचित्र को सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए ।

नेपालमा यस्तो बिषय वस्तुमा अझै धेरै सिनेमा निर्माण हुन जरुरी भएको भन्दै चलचित्र निर्माण अगाडी सिनेमाको कथामा आफुलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा चलचित्र मा आउन सक्ने बताए । तरपनि चलचित्र मा जति आएका छन् यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको उनको भनाई छ । उनले भदौं १४ गते आफु परिवार सहित हलमा गएर चलचित्र हेर्न पनि घोषणा गरे ।

IMG_2645.JPG

चलचित्रको ट्रेलर हेर्दा राजनितिले देश र समाजमा पाएको प्रभावलाई नजिक बाट देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । चलचित्रको सार्वजनिक २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिएको छ । चलचित्रका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । चलचित्रका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

 

Photo by Suraj Dhami & Mahammad Jalim