गायनमा फर्किइन् मधु क्षेत्री, भागिरथसँग गाइन् तीजगीत ‘हेर्दिन ऐना’

...

भदौ, काठमाडौँ । नेपाली सांगितीक क्षेत्रबाट टाढा रहने बताएकी गायिका मधु क्षेत्री पुनः गायनमा फर्किएकी छिन् । अब कहिल्यै गीत नगाउने भन्दै बिभिन्न अभिब्यक्ति दिएकी गायिका क्षेत्रीले गाएको तीज गीत हेर्दिन ऐना केहिदिन अघि सार्वजनिक भइसकेको छ । गायिका क्षेत्रीले आफूले सांगितीक क्षेत्र छाडेर अस्ट्रेलिया गएर बस्ने बताउँदै आएकी थिइन् । 

थोरै गीत गाएकी क्षेत्री आफ्ना ब्यक्तिगत जीवनका उताडचढावका कारण चर्चामा आइरहन्छिन् । तीनबर्ष अघिको तीजमा सोँचे झै जीन्दगी रैनछ गीतपछि चर्चामा आएकी मधुले आफ्ना जीवनका भोगाईबारे प्रष्ट बोल्ने गर्छिन् । उनको आफ्नो बैवाहिक सम्बनध टुटेको कुरा मिडियामा बोलेपछि निकै चर्चामा आएकी थिइन् । केहिदिन अघिमात्रै पनि आर्टिष्ट खबरसँगको कुराकानीमा सांगितीक क्षेत्रबाट टाढा रहने र श्रीमानसँगै अस्ट्रेलियामै बस्ने बताएकी थिइन् । तर मधुले एक्कासी गीत गाएकी हुन् । यसरी हेर्दा उनी सांगतिकी क्षेत्रबाट टाढा हुन नसकेको बुझन् सकिन्छ । 

singer-madhu-chhetri.jpg

गायक भागिरथ चलाउनेको नयाँ प्रोजेक्ट हेर्दिन ऐनामा स्वर दिएकी हुन् । गीत भागिरथकै युटयुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा लय तथा शब्द पनि भागिरथकै रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा रमेश बिश्वकर्मा र गीत ढुंगाना नाँचेका छन् । भिडिओको अन्तिम तिर गायक भागरिथ र गायिका मधुले पनि अलि अलि कम्मर मर्काएको देख्न सकिन्छ ।