चलचित्र ‘जय हो’ सेन्सर पास

...

भदौ, काठमाडौँ । भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय हो’ सेन्सर पास भएको छ । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको यो चलचित्र शुक्रबार सेन्सर पास भएका चलचित्रसवै उमेर समुहका दर्शक सजिलै हेर्न पाउने छन् । सेन्सरमा चलचित्रहेरेका पदाधिकारीले ‘जय हो’लाई राम्रो प्रतिक्रिया दिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो चलचित्रबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।