नरेश खाती र सिम्रन परियारको स्वरमा ‘परान पियारा’ सार्वजनिक

...

भदौ, काठमाडौं । लोकप्रिय गायक, गीतकार तथा संगीतकार नरेश खातीले पछिल्लो समय चर्चामा आएकी नवगायिका सिम्रन परियारसँग नयाँ गीत सार्वजनिक गरेका छन् । ‘परान पियारा’ बोलको गीतमा नरेश र सिम्रनको स्वरसँगै शब्द तथा संगीत पनि नरेशकै रहेको छ । 

गीतको भिडिओमा गायक नरेशसँगै मोडल उषा उप्रेतीलाई देख्न सकिन्छ । गीतले माया प्रेमको भाव बोल्छ । प्रेमिल जोडीले गीतमार्फत प्रेम दशाइरहेका छन् । क्रान्ति केसीले निर्देशन गरेको भिडिओमा नवराज शर्मा र योगेश थापाले पनि अभिनय गरेका छन् । भिडिओ अर्जुन तिवारीको टिमले खिचेको हो । 

एकदिन अघिमात्रै सार्वजनिक गीतको भिडिओमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । गायक नरेशले पनि गीतमा आइरहेका प्रतिक्रियाले थप खुसी दिएको बताएका छन् । उनले गीतमा सिम्रनको स्वर निकै सुहाएको भन्दै उनको स्वरको तारिफ पनि गर्छन् । गायक नरेशले आर्टिष्ट खबरसँग कुरा गर्दै आगामी दिनमा पनि सिम्रनसँग अन्य गीत पनि ल्याउने तयारीमा रहेको बताउँछन् ।