गायिका पुजा क्षेत्रीले पशुपति शर्मासँग मिलेर ल्याइन् तीज गीत ‘हाई मेरी गुन्टुरी’

...

भदौ, काठमाडौँ । गायिका पुजा क्षेत्री र पशुपति शर्माको स्वरमा सार्वजनिक भएको तीज गीत हाई मेरी गुन्टुरीले दर्शकको मन जित्दै छ । नौं दिन अघि सार्वजनिक उक्त गीतले बिभिन्न सामाजिक सन्जालमा चर्चा बटुल्दै गरेको देखिन्छ । यसबर्षको तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक उक्त गीतमा लय शब्द पनि पशुपति शर्माकै रहेको छ । गीतलाई निर्माण भने गायिका पुजाले गरेकी हुन् ।

गीतको भिडिओमा भने रमेश विश्वकर्मा र लालना चिमरियाको नृत्य देख्न सकिन्छ । यस्तै भिडिओको अन्तिमतिर गायक पशुपति र गायिका पुजालाई पनि देख्न पाइन्छ । भिडिओ मौसम हिमालीले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडिओ नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।