प्रमोद खरेलको ‘गंगा जमुना’ सार्वजनिक, चर्चा बटुल्दै

...

भदौ, काठमाडौँ । गायक प्रमोद खरेलको नयाँ गीत ‘गंगा जमुना’ले सार्वजनिक भएको २४ घण्टा भित्रै चर्चा पाउन थालेको छ । प्रमोदको आफ्नो युट्युव च्यानलमा सार्वजनिक भिडिओले २१ घण्टाको अवधिमा झण्डै २ लाख भ्युज प्राप्त गरेको छ । 

राजेन्द्र थापाको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा प्रमोदको स्वर छ भने गीतको भिडिओमा पनि प्रमोद खरेलले नृत्य गरेका छन् । यस्तै भिडिओमा प्रमोदसँगै दिलिप रायमाझि, अन्जली अधिकारी, उषा उप्रेती लगायतका कलाकारको नृत्य देख्न सकिन्छ । भिडिओ राजिव समरले निर्देशन गरेका हुन् ।

डान्सिङ गीत भएकाले भिडिओ मेकिङ पनि उत्कृष्ट बनाइएको छ । यस्तै लोकप्रिय कलाकारहरुको नृत्य भएकाले पनि थप चर्चा बटुलिरहेको छ ।