‘हात्तीछाप’को डबिङ सुरु

...

भदौ, काठमाडौँ । चलचित्र ‘हात्तीछाप’को डबिङ सुरु भएको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्रको निर्माणपक्षले शनिबारबाट डबिङको काम सुरु गरेको हो ।

यो चलचित्रका निर्माता किरण नेपालीका अनुसार एक सातासम्म चलचित्रको डबिङ हुनेछ । यसपछि, चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माणपक्षको छ ।

यो चलचित्रको छायांकन काठमाडौं र पोखरामा गरिएको थियो । चलचित्रको एक गीतको मात्र छायांकन हुन बाँकी रहेको किरणले बताए । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पहिलो दिनमै कलाकार बुद्दि तामाङले डबिङ गरिरहेका छन् । बुद्दिले चलचित्रको छायांकनमा निकै रमाइलो भएको भन्दै डबिङमा पनि झनै मज्जा आएको बताए ।