आफ्नो मौनतालाई कमजोर नसोच्न नम्रताको चेतावनी (भिडिओ रिपोर्ट)

...

भदौ, काठमाडौँ । नायिका नम्रता श्रेष्ठले नायक सारुक ताम्राकारको आत्महत्या प्रकरणमा मुख खोलेकी छिन् । फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घरमा पुगेर आत्महत्या गरेका सारुकले न्याय पाउनुपर्ने माग अझै पनि उठिरहेको समयमा नायिका नम्रताले आफू मौन बस्नुलाई कमजोर नठान्न आग्रह गरेकी छिन् । 

सारुकको निधन भएपछि उनीसँगै फिल्ममा काम गरिरहेकी नायिका नम्रता श्रेष्ठको नाम अगाडि आएको थियो । विशेषगरि, ‘कालो बोका र बुटी’को कुराले नम्रताको नाम अगाडि आएको थियो । तर, नम्रता सारुकको निधन भएको ५२ दिनसम्म पनि चुप थिइन् । उनले, कलाकार सानु ताम्राकारको पनि निधन भएपछि आइतबार स्टाटस लेख्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् । 

उनै, नम्रताले सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस हेर्दै आफ्नो मौनतालाई कमजोर नसोच्न चेतावनी दिएकी छिन् । पहिले नै आफूले यो बिषयमा भनाई सार्वजनिक गर्न चाहेको तर परिवारले प्रहरी अनुसन्धानमा असर पर्ने काम नगर्न भनेपछि मौन रहेको उनको भनाई छ ।