१५ बर्षपछि फेरी बन्यो ‘सागर बरु सुकेर गैजाला’ (भिडिओ कुराकानी)

...

भदौ, काठमाडौं । झण्डै १५ बर्ष अघि नै हिट भएको गीत सागर बरु सुकेर गैजाला पुनः रेकर्ड गरि नयाँ म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गायक दिपक लिम्बुले उक्त गीतलाई अहिले फेरी रेकर्ड गरेर नयाँ भिडिओ बनाएर सार्वजनिक गरेका हुन् । उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला, नाई नभन्नु ल, कुन सृष्टिकि परी हौ तिमी, मागेर पाउने भए म लगायत दर्जनौं हिट गीतका गायक दिपक लिम्बु केहिबर्ष यता सक्रिए नदेखिँदा कतिपयले बाहिरी देशमै छन् कि भन्ने आँकलन पनि गर्दै आएका थिए । तर उनी नेपालमै रहेको र कहिले काँही सांगितीक कार्यक्रमका लागी मात्र बिदेश जाने गरेको बताउँछन् । 

आज हामीले गायक दीपक लिम्बुसँगै मोडल गरिमा शर्मा र बादल श्रेष्ठसँग पनि कुरा गरेका छौं । बाँकी भिडिओबाट ।