भदौ, काठमाडौं । नेपाली म्युजिक भिडिओको क्षेत्रमा लामो समयदेखी सक्रिए संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । नेपाली गीतसंगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो । बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३ केहिदिन अघि नै घोषणा भइसकेको थियो र अहिले हिजो (मंगलबार)बाट फर्म खुलेको आयोजक संस्थाका अध्यक्ष बिक्रम चौहानले जानकारी दिए ।
अवार्डमा जम्मा ४० बिधा हुनेछन् । जसमा आधुनिक, लोक, लोकपप्, थारु र राष्ट्रिय गीतलाई समेटिएको छ । अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक गर्ने तयारी भएको आयोजक संस्थाले जनाएको छ । यस्तै अवार्ड बितरण असोजको अन्तिम साता गर्ने तयारी भइरहेको छ । पछिल्लो समय नेपालमा अवार्ड धेरै भइरहेको समयमा यहि भिडमा बि.स्टार फिल्मस् म्युजिक अवार्ड किन भन्ने प्रश्नमा आयोजक संस्थाका अध्यक्ष चौहान भन्छन्, ‘अवार्ड बिभिन्न संस्थाले गरिरहेको देख्छौं । तर म्युजिक क्षेत्र भन्दा बाहिरका ब्यक्ति तथा संस्था जसले यो क्षेत्रलाई नजिकबाट बुझुन सक्नुहुन्छ उहाँहरुले पनि आयोजना गरेको देख्छौं । बिशेषगरी हामी लामो समयदेखी बिशुद्ध म्युजिक क्षेत्रमा छौं । बि.स्टारबाटै तीनहजार भन्दा बढी म्युजिक भिडिओ निर्माण गरेका छौं । यो हिसाबले पनि हामी कुन गीतसंगीत, भिडिओ अवार्ड पाउन लायक छन् त्यो बुझ्न सक्छौ । अवार्ड निष्पक्ष हुनेछ ।’
फर्म खुल्ला
मंगलबारबाट फर्म खुल्ला भएसँगै यो समयावधि भदौको अन्तिमसम्म हुनेछ । फर्म अनलाइनबाट पनि सजिलै भर्न सकिनेछ । त्यसका लागी चौहानले सामाजिक सन्जालमार्फत नै अनलाइन फर्म भर्ने तरिकाको बारेमा जानकारी दिइसकेका छन् । फर्मको शुल्क १ हजार रुपैंया राखिएको छ । अवार्डको मिडिया पार्टनर आर्टिष्ट खबर डटकम रहेको छ ।