‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला

...

भदौ, काठमाडौँ । आउँदो बिहीबार (भदौ १४)मा पर्न गएको जनै पूर्णिमाको अवसरबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र  ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । कृषा चौलागाईको डेव्यु निर्देशकिय यो चलचित्रको गएको मंगलबारबाटै अग्रीम टिकट बुकिङ खुलेको हो । अधिकांश मल्टिप्लेक्स हलले चलचित्रलाई राम्रो शो उपलब्ध गराएका छन् ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका चेनमा अहिलेसम्म २५ शो उपलब्ध गराएको छ, भने भोलीसम्म यो शो सङ्ख्यामा केही बृद्धि हुने निश्चित छ । अहिलेसम्म बुकिङ खुलेका हलहरु मध्ये एफक्युब सिनेमाले ४ शो, वान सिनेमास्ले ५ शो, बिएसआरले ३ शो उपलब्ध गराएका छन् ।

यो समाचार तयार पार्दाको अवस्था सम्म राजधानीमा ठुला चलचित्र हल बिग मुभिज, आईएनआई लोत्से, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, क्युज सिनेमाज्, सिने डि सेफ र आरके सिनेमाज्ले शो खोली सकेका छैनन् । सिनेमाको सुरुवाती शोज सङ्ख्या हेर्दा आक्रामक शो पाउने देखिन्छ । जसले पहलो दिनको ओपनिङ उच्च हुने छनक मिलेको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी .(प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।