‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा

...

भदौ, काठमाडौँ । ‘गणपति’ चलचित्रको स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । केही दिन अघि सार्वजनीक फिल्मको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको प्रतिक्षामा पर्न गएको हो । बाबुल गिरीको स्वर र संगीत अनि शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा अहिलेसम्म करिब सवा एक लाख टिकटक बनीसकेका छन । 

दर्शकले पूरा गीतको माग गरेकाले लिरिकल रुपमा ‘उनभित्र गुण’ सार्वजनीक गरिएको जानकारी निर्देशक सविन अधिकारीले दिएका छन् । स्वदेशसहित एकसाथ बिश्व बजारमा एकसाथ भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् । सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा बितरण गर्न लागेको फिल्म मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ । 

निर्देशक सबिनकै लेखन रहेको चलचित्रमा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् । शंकर अधिकारी घायल,देबेन्द्र बब्बु, बाबुल गिरी, अनिश अधिकारी र सबिन अधिकारीको शब्द अनि बाबुल गिरी र बिशाल निरौलाको संगीत रहेको चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफी,बिपीन मल्लको सम्पादन अनि हरि घले लामाको छायांकन छ ।