‘जय हो’ प्रदर्शनको दोस्रो सातामा

...

भदौ, काठमाडौँ । अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्र राम्रो शो सङ्ख्या सहित दोस्रो सातामा प्रवेश गरेको हो ।

पहिलो हप्ताका फिल्मले केही हलमा हाउसफुल व्यापार समेत गरेको थियो । दोस्रो सतामा यो चलचित्र देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स, आईएनआई, बिएसआर, एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शन भैरहेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए ।

चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।