परिवारसँग डिनरमा निस्किएका सलमानलाई बडिगार्डसँग उधारो पैसा लिनुपरेपछि…

...

फागुन, मुम्बई । बलिउडका सुपरस्टार सलमान खानले खेलेको अधिकांश फिल्मले करोड भन्दा बढी कमाउँछन् । सलमानले एउटै फिल्म खेलेको पनि करोडौं लिन्छन् तर हामीलाई लाग्दैनन कि सलमानसँग साथमा अलिअलि पैसापनि हुँदैन होला र ?
salman2सलमानले आफ्ना बडिगार्डसँग पैसा सापटी माग्नुपरेको छ । ‘टाइम्स अफ इन्डिया’को रिपोर्ट अनुसार सलमान बांद्राको एक प्रसिद्ध रेस्टुरेण्टमा आफ्नो परिवारसँग डिनरको लागी गएका थिए । जब सलमान बाटोमा हिड्दै थिए त्यस सडकको फुटपाथमा केही बालबालिकाहरुले कलिरंग किताबहरु बेचीरहेका थिए । ति बालबालिकाहरुलाई देखेपछि सलमान पनि त्यहाँ पुगे ।

त्यसपश्चात ति बालबालिकाहरुले उनलाई आफुहरुसँग भएको किताव किन्नका लागी आग्रह गरे तर सलमानसँग नगद पैसा थिएन । किनकी उनले साथमा क्रेडिट कार्डमात्र बोकेर हिड्ने गर्दछन् । त्यस किताब खरिदका लागी पनि आफ्ना बडिगार्ड सँग नगद पैसा सापटी माग्नु पर्यो । उनी बालबालिकाहरुलाई ५००/५०० को दरले पैसा दिएका थिए ।

सडकमा रहेका बालिबालिकाहरु सलमानसँग भेट्न पाउँदा निकै नै खुसी देखिएका थिए ।