‘पशुपति प्रसाद २ः भष्मे डन’को गीतको चर्चा

...

भदौ, काठमाडौँ । चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को पहिलो गीत सार्वजनिक भएसँगै चर्चा बढ्न थालेको छ । बिशेषगरी चलचित्रका मुख्य कलाकार विपिन कार्कीको भष्मे डन क्यारेक्टरले गर्दा उक्त गीत र दृश्य चर्चामा छन् । चलचित्र आगामी दशैंमा प्रदर्शन हुने भनिएको छ । 

गएको बिहीबार जनैपूर्णिमाको अवसर पारेर चलचित्रमा समावेश गीत ‘दुई चुल्ठी बाटन’ इन्टरनेटमा रिलिज गरिएको थियो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । आँचल र निश्चललाई चलचित्रको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ ।

निरज कँडेलले खिचेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ुपशुपति प्रसाद २ः भष्मे डनुमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ । 

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ुपशुपति प्रसादुको चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।