रेखाको ‘उपहार’ नयाँ बर्ष टार्गेट

...

भदौ, काठमाडौं । नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण गरिरहेकी छिन्, त्यो हो चलचित्र ‘उपहार’ । यो चलचित्र आउँदो नयाँ बर्षको छेकोमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । बिशेषगरी नयाँ बर्षमा धेरै चलचित्र प्रदर्शन गर्न तयार भएर बसेका हुन्छन्, त्यहि बाटोमा रेखा पनि छिन् । त्यसतो त प्राय यो भन्दा अघिका रेखाका चलचित्र पनि दशैं र नयाँ बर्ष लक्षित नै हुन्थे । त्यसैले पनि आउँदो बर्षलाई रेखाले नछाड्ने देखिन्छ । 
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भैरहेको यो चलचित्रले तीन महिला पात्रको कथा बोल्छ । चलचित्रमा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा छन् । यस्तै चलचित्रमा मुकुन भुषाल, तेज गिरी र समर्पण थापाको मुख्य भूमिका छ । 

यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी ग्रुपले काठमाडौं भित्र र मोफसलमा वितरण गर्नेछन् । 

छैन तामझाम
अहिलेसम्म रेखाले आफ्नो चलचित्रको प्रमोशनका फण्डा अपनाइसकेकी छैनन् । कतिपयले चलचित्रको निर्माण घोषणा, छायांकनको पहिलो दिनमा पनि मिडियालाई बोलाएर बिभिन्न समाचारका फण्डा गर्छन् तर रेखाले अहिलेसम्म औपचारिक रुपमा मिडियालाई निम्ता दिएकी छैनन् । त्यसो त प्रमोशनका लागी प्रयाप्त समय भएकाले पनि उनले अगाडी देखी त्यता तिर ध्यान नदिएको हुनसक्छ ।