टिजरमा अनमोललाई देखाउँदै ‘फर्की फर्की’को औपचारिक घोषणा

...

भदौ, काठमाडौँ । यसअघि निर्माण हुँदै भन्ने चर्चा पाइरहेको चलचित्र ‘फर्की फर्की’को टिमले टिचर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको छ । शुक्रबार सार्वजनिक टिजरमा चलचित्रका मुख्य अभिनेता अनमोल केसीलाई फिचर्ड गर्दै चलचित्रबारे जानकारी गराएको हो । टिजरमा अनमोललाई मात्र देख्न सकिन्छ । चलचित्रमा अनमोलसँग जसिता जसिता गुरुङको मुख्य भूमिका रहनेछ । 

टिजरमा अनमोलको डाइलग प्रस्तुत गरिएको छ । उनले भनेका छन्,  ‘मसँग जे भइरा’छ, म आफैंलाई थाहा छैन किन र कसरी ? स्वीकार्न मलाई जति कठिन, बुझाउन त्यो भन्दा पनि गाह्रो । सबैलाई लाग्न सक्छ, यो मेरो सपना हो या भ्रम । तर वास्तवमा के हो, मलाई भन्दा कसलाई के थाहा , अब यो वरदान हो कि श्राप ? त्यो त समयले नै बताउला । तर जेसुकै होस्, दिस इज अमेजिङ ।’

सुयोग गुरुङको निर्देशन रहने यो चलचित्रलाई रोहित अधिकारी फिल्म्स र ओएसआर डिजिटलले मिलेर निर्माण गर्दैछन् । अभिनेता केसीले सामाजिक सञ्जालमा टिजर सार्वजनिक गर्दै दर्शकले यसअघि नदेखेको रोमान्स, मनोरञ्जन र ड्रामा हेर्न पाउने उल्लेख गरेका छन् ।