‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुँदै, रेडकार्पेटमा नेपाली कलाकार (तस्बिर)

...

भदौ, काठमाडौँ । भेनिस फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुँदैछ । अबको केहिबेरमा भेनिसमा फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुन लागेको निर्देशक फिडेल देवकोटाले जानकारी गराए । 

the-red-carpet-movie1.jpg

यतिबेला निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, छायाकार सुसन प्रजापित लगायतले रेडकार्पेटमा भाग लिएका छन् । भेनिसबाट आर्टिष्ट खबरलाई प्राप्त तस्बिरमा नेपाली कलाकारको टिमलाई देख्न सकिन्छ । भेनिसको ओरिज्यान्टी विधामा छनोट भएको यो फिल्मले प्रिमियरअघि नै मेन्सन अवार्ड जितिसकेको छ ।

the-red-carpet-movie6.jpg

प्रिमियरअघि नै मेन्सन अवार्ड 
चलचित्रले प्रिमियर अघि नै फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको छ । चलचित्र समीक्षक, साँस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रुपमा प्रदान गर्ने यो अवार्ड ‘द रेड सुटकेस’ लाई यसमा गरिएको मेहनतका लागि प्रदान गरिएको संस्थाद्धारा जारी इमेलमा जनाइएको छ । विगत चार वर्षदेखि बाँडिँदै आएको यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार भने रेयुसुके हामागुचीको फिल्म इभिल डजनट एक्जिस्टले जितेको थियो ।

the-red-carpet-movie5.jpg

the-red-carpet-movie4.jpg