छायाकंनमा निस्किने तयारी गर्दै ‘मायावी’

...

भदौ, काठमाडौँ । नयाँ चलचित्र  ‘मायावी’का कलाकारहरु छनौट प्रक्रियासँगै छायांकनमा निस्किने तयारी भइरहेको छ । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको ‘मायावी’ का लागि असअघि नै दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् । अब यो चलचित्रमा मोडल समिम खान भित्रिएका छन् । समिमको यो डेब्यू चलचित्र हुनेछ । 

समिम ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता हुन् । दीपिका र दिवाकरले यस अघि फिल्म ‘ऐश्वर्य’मा सहकार्य गरिसकेका छन् । चलचित्रमा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । 

चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।दिवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।