‘नाङ्गो गाउँ’को रेड कार्पेट प्रिमियर, निलो सारीमा सजिएकी मिरुना

...

भदौ, काठमाडौँ । यहि शुक्रबार (भदौ २९) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र नाङ्गो गाउँको रेड कार्पेट प्रिमियरको आयोजना गरिएको छ । अहिले काठमाडौंको सितापाइलास्थित सिके सिनेमाज्मा प्रिमियर सुरु भएको छ । प्रिमियर अघिको रेड कार्पेटमा चलचित्रका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको इन्ट्री गज्जब देखिन्थ्यो ।

nango-gau-premier (4).jpg

दयाहाङ हरियो सट र कालो पाइन्टमा पुगेका थिए भने निलो सारीमा सजिएकी मिरुनाले धेरैको ध्यान तानेकी छिन् । प्रिमियरमा अन्य केहि नेपाली चलचित्रकर्मिहरुको पनि उपस्थिती छ । 

nango-gau-premier (1).jpg

दीपेन्द्र लामा निर्देशित नाङ्गो गाउँमा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन छ । चलचित्रमा दयाहाङ र मिरुनासँगै कार्म, साम्राज्ञी आरएल शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, विशाल पहारी र रविन्द्र झा राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ ।

nango-gau-premier (2).jpg

तस्बिरः लक्ष्मण शर्मा / आर्टिष्ट खबर