नेम्वाङलाई श्रृद्धान्जली दिएपछि दिपाश्री भन्छिन्, ‘असल ब्यक्तित्व हुनुहुन्थ्यो’

...

भदौ, काठमाडौँ । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज (बिहीबार) राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।  

पार्थिव शरीरमा श्रृद्धान्जली दिनपुगेकी कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले एक असल नेता गुमाउँनु पर्दा दुख लागेको बताइन् । सन्चारकर्मिसँग कुरा गर्दै दिपाश्रीले नेम्वाङ असल ब्यक्तित्व भएको नेता भन्दै दुख ब्यक्त गरिन् । ‘हुन त म सँग पर्सनली त्यस्तो धेरै चिनजान भन्दा पनि राष्ट्रका लागि गरिएको योगदान नै ठुलो कुरा हुन्छ । कुनैपनि मान्छे निर्विरोध पटक पटक सभामुख हुनुभनेको मान्छे आफैमा पनि अद्भुत भएर पनि हो र उहाँको ब्यवहार शैलीले पनि हो ।’ दिपाश्रीले भनिन्, ‘हाम्रो पनि प्रोगाम भइराख्दा उहाँले गर्ने रेस्पोन्स जतिखेर पनि मुसुक्क हाँस्ने गर्नुहुन्थ्यो । हामी कलाकार र नेताको धेरै कम चिनजान हुन्छ तर उहाँको असल ब्यक्तित्वले गर्दा पनि उहाँसँग आशावादी थियौँ ।’

dipa-shree-niraula.JPG

उनले समाजले गुमाउनुनपर्ने मान्छे गुमायो भन्दै दुख ब्यक्त गरिन् । उनी अघि भन्छिन्, ‘सबैकुरा हाम्रो हातमा केहि हुँदैन, असल मान्छेलाई गुमाउनुपर्यो ।’ आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिने एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।