फेसियल हाउसको तीज बिशेष कार्यक्रम सम्पन्न

...

भदौ, काठमाडौँ । फेसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम मनाएको छ । कार्यक्रममा उपस्थित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन् । कार्यक्रममा उनले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफुपनि सुन्दर हुन फेसियल हाउस आउने गरेको स्मरण गरिन् ।

facial-house-sushma-mahara (3).jpg

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जब सम्म आर्थिक रूपका सशक्तीकरण हुदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । उनले राम्रो काम गर्नेको पक्षमा आफु सँधै रहने गरेको जानकारी गराइन । उनले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफुसँधै फेसियल हाउसका साथमा रहेको बताइन् ।

कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीजको शुभकामना दिइन् । साथै आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् ।

facial-house-sushma-mahara (1).jpg

कार्यक्रममा हाउसका उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी रहेको थियो ।