जंगलको कथामा बनाईएको हेर्दै डरलाग्दो नेपाली फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ (हेर्नुस ट्रेलर)

...

फागुन, काठमाडौं । जंगलभित्रको दृश्य बढी देखाईएको फिल्म ‘ट्वेन्टी सेभेन आवर्स’ को ट्रेलर सार्वजनिक गरीएको छ । फोटोग्राफी पढ्ने केही बिद्यार्थीहरुले अनुसन्धानका क्रममा एक जंगलमा २७ घन्टाविच भोगेका कुरालाई देखाईएको यस फिल्मले हरर शैलीमा देखाएको छ ।

27 hours nepali movieदीपक लम्सालको निर्माणमा बनेको यस फिल्म पाल्पा, बुटवल तथा मुम्बईमा खिचिएको हो । यो चलचित्रको प्रोस्टप्रोडक्शन अहिले भारतको हैदराबादमा भैरहेको छ ।

फिल्ममा दीपक लम्साल, सिद्धु पुजारी, सारिका घिमिरे, मधु घिमिरेको मुख्य भूमिका छ । फिल्म आउँदो अप्रिलमा प्रदर्शनमा आउँदैछ ।