दयाहाङ र आँचलको ‘डिग्री माइलाको शुभ मुहूर्त

...

भदौ, काठमाडौँ । नयाँ चलचित्र ‘डिग्री माइला स् एमए थर्ड क्लास’को शुभ मुहूर्त गरिएको छ । अर्थात छायांकनका लागी पहिलोदिनको शुभसाइत गरिएको छ ।  रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने यो चलचित्रको कलाकार तथा प्राविधि टिमको साथमा आज (शनिबार) बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरियो ।

शुभ मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।

degree-maila-movie.JPG

चलचित्रको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।

आगामी वर्ष २०८१को नयाँ वर्षलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।