काठमाडौं आइपुगिन् जीटीभी सारेगमपकी विजेता जेट्सिन डोना लामा, शनिबार कन्सर्ट गर्ने

...

भदौ, काठमाडौँ । भारतीय गायन रियालिटी शो ‘जीटीभी सारेगमप लिटिल च्याम्प’की विजेता जेट्सिन डोना लामा काठमाडौं आइपुगेकी छिन् । आइतबार साँझ ७ बजे काठमाडौं अवतरण गरेकी जेट्सिनले असोज ६ गते ललितपुरको गोदावरी सनराइज हलमा कन्सर्ट गर्दैछिन् । 

jetshen (3).JPG

उनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सन्चारकर्मिसँग आफ्नो कन्सर्ट बारे जानकारी गराइन् । उनले भनिन्, ‘म नेपाल पहिलो पटक आएकी छु । म कार्यक्रममा राम्रो राम्रो गीत सुनाउँनेछु, सबैजना आइदिनुहोला । इन्जोय गर्नुहोला ।’ जेट्सिनसँगै उनकी आमा युनिस हमाल लामा र जीटीभीका एक प्रतिनिधि काठमाडौं आइपुगेका हुन् । उनीहरु असोज ७ गतेसम्म काठमाडौं रहने तालिका छ ।

jetshen (4).JPG

बिमानस्थलमा स्वागत गर्न पुगेका केन्द्रका अध्यक्ष मिलन मोक्तानले जेट्सिनले २३ वटा गीत गाउने जानकारी दिए । उनले भने, ‘हामीले सकभर उहाँको मात्र प्रस्तुती राख्ने भनेर कन्सर्ट आयोजना गरेका हौं । अन्य केहि कलाकारले पनि प्रस्तुती दिनुहुनेछ ।’ उनले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको जानकारी दिए । बिमानस्थलमा स्वागत गर्न गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा पनि पुगेका थिए । 

jetshen (1).JPG

Video Report:
 
तस्बिर/भिडियो: लक्ष्मण शर्मा/ आर्टिष्ट खबर