‘मायावी’मा प्रशान्त ताम्राकार अनुबन्धित

...

असोज, काठमाडौँ । नयाँ चलचित्र  ‘मायावी’को कलाकार छनौटको काम भइरहेको छ । अभिनेता प्रशान्त ताम्राकारपनि चलचित्रका लागी अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यो चलचित्र  ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो ।

यस चलचित्रका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै चलचित्रमार्फत ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खानले नवनायकका रुपमा डेब्यू गर्दैछन् ।

Prashant-Tamrakar.jpeg

सहकार्यको हिसाबले दीपिका, प्रशान्त र दिवाकरको चलचित्र ‘ऐश्वर्य’पछि ‘मायावी’ दोस्रो फिल्म हुनेछ । यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो चलचित्र क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।