बि.स्टार फिल्मस् म्युजिक अवार्ड : मनोनयनमा परेका उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण

...

असोज, काठमाडौं । गीतसंगीत क्षेत्रका विभिन्न विधालाई समेटेर आयोजना गरिएको ‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’का  उत्कृष्ट ५ ‘नोमिनिज’लाई एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ ।

आयोजक संस्था बि.स्टार फिल्मस् प्रा.लीले शनिवार राजधानीमा एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरेको हो । 

राजनीतिज्ञदेखि सांगीतिक क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका संगीतकर्मीहरुले विभिन्न ४६ विधाका उत्कृष्ट ५ मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरेका थिए । 

b star1.jpg

नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्त, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, दोहोरीगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रामजी खाँण, रोयल्टी संकलन समाजका सचिव बि. पाण्डे, सांस्कृतिक समाज नेपालका सचिव अमृत खाती, म्युजिक भिडियो कलाकार संघका उपाध्यक्ष शिवन पोखरेल लगायतले उत्कृष्ट ५ मनोनयनमा पर्न सफल संगीतकर्मीहरुलाई नोमिनेसनको प्रमाणपत्र वितरण गरेका हुन् । 

b star1.jpg

प्रमाणपत्र वितरण गर्दै अतिथिहरुले म्युजिक अवार्डको भीड्मा यस अवार्डको छुट्टै गरिमा कायम हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना दिए । 

आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर उत्कृष्ट ५ मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिने जानकारी दिए । ‘भोटिङ भोलिबाटै सुरु हुनेछ । असोजको अन्तिम साता भव्य समारोहका बीच अवार्ड वितरण गरिनेछ’ – उनले भने । 

b star 3.jpg

अवार्डमा राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा समेटिएको छ । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक÷गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा छन् । नोमिनेशनको प्रमाणपत्र वितरण कार्यक्रममा थुप्रै चर्चित अनुहारहरु पुगेका थिए । 

b star.jpg

नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस्को यो पहिलो सँस्करणको अवार्ड हो । अवार्ड कार्यक्रमलाई सभ्य तरिकाले सम्पन्न गर्ने आयोजकले जनाएको छ । मनोनयन वितरण कार्यक्रमलाई सञ्चारकर्मी गोपिकृष्ण चापागाईँले सञ्चालन गरेका थिए । 

कुन विधामा को कस्को प्रतिस्पर्धा, यी हुन उत्कृष्ट ५ मा पर्न सफल संगीतकर्मी

1.jpg2.jpg

 

3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg