फिल्म पढेका आशिष आश- यहि क्षेत्रमा जम्छु

...

असोज, काठमाडौँ । फिल्म उद्योगमा भविष्य बनाउन खोज्नेहरु कति छन् कति । कतिपयले छोटो समयमा करिअर बनाउँछन्, कतिपयलाई समय लाग्छ । कतिपय स्थापित हुन नसकेर पलायन भइरहेका छन् । आशिष पराजुली अभिनयमा भर्खरै छिरेका छन्, उनलाई अब एउटा राम्रो अभिनेता बन्ने मन छ ।

काठमाडौं–३२ मा जन्मिएका आशिषले एभरेष्ट फिल्म एकेडेमीमा डिप्लोमा गरेका छन् । उनले केहि समय अघि मह सञ्चारले निर्माण गरेको डाइबेटिज टु नामक सर्ट फिल्ममा काम गरेका छन् । आशिषले यसअघि एभरेष्ट फिल्म एकेडेमीले निर्माण गरेको सर्ट फिल्म लुटतन्त्रमा पनि काम गरेका छन् । यी २ वटा प्रोजेक्टबाट पाएको प्रतिक्रियाले उनी खुसी छन् । राम्रा प्रोजेक्ट छानेर गर्ने सोचेका आशिषले छिट्टै एउटा अर्को सर्ट फिल्ममा काम गर्ने योजनामा छन् । तर, उनको सपना ठुलो फिल्ममा हिरो बनेर चिनिने छ । आशिष भन्छन्, –‘एक २ वटा फिल्ममा कुरा भइरहेको छ । सानो अथवा ठुलो जस्तोसुकै भुमिकामा भएपनि हुन्छ । तर, भुमिका चाखलाग्दो हुनुप¥यो ।’

Ashish-Parajuli-actor.jpg

आशिषले फिल्मी करिअर सुरुवातमा यस उद्योगको बारेमा अध्ययन गरिसकेका छन् । अभिनयको कक्षा लिएर यस उद्योगमा हाम फालेका उनले चलचित्र क्षेत्रमा हुने उताब–चढाब पनि बुझेका छन् । सोहि कारण उपयुक्त समयको पर्खाइमा रहेको बताउँछन् उनी ।