गायिका समिक्षा अधिकारीको घाँटीमा समस्या

...

असोज, काठमाडौँ । लोकप्रिय गायिका समिक्षा अधिकारीको घाँटीमा समस्या आएको छ । दिनहुँ ५ देखी ७ वटा गीतसम्म रेकर्ड गराउने गरेकी समिक्षाले आफ्नो घाँटीमा समस्या आएकाले कुनैपनि गीत रेकर्डिङ र सांगितीक प्रस्तुती दिने काम केहि समयका लागी गर्न नसक्ने भन्दै आफ्नो फेसबुकमार्फत जानकारी गराएकी छिन् । 

उनले मौसमका कारण घाँटीमा समस्या आएको जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, ‘सर्वप्रथम त क्षमाप्रार्थी छू केहीदिन यता मौसमको कारण घाँटीमा समस्या देखिएकोले विश्राम लिनू पेरेकोले केहि दिनको लागी संगीतीक तथा अन्य काम गर्न असमर्थ छू ।’ साथै उनले सम्पुर्णमा माफी मागेकी छिन् । उनले अघि लेखेकी छिन्, ‘हजूरहरुमा पर्न गएको असर प्रति बिशेष ध्यान राखी पुनः काममा निरन्तरता हुने जानकारी गराऊदछू । आशा छ मनन गरिदीनु हुनेछ ।’ समिक्षाले चिकित्सकसँगको सल्लाहबारे भने कुनै कुरा खुलाएकी छैनन् । साथै कतिसमयको आराम गर्दैछिन् भन्ने बारे पनि कुनै जानकारी गराएकी छैनन् ।

समिक्षा पछिल्लो समयकी डिमाण्डेड गायिका हुन् । उनले केहिसमय अघि आफूले दैनिक ७ वटा गीतसम्म रेकर्ड गराएको जानकारी गराएकी थिइन् । साथै उनी बिभिन्न सांगितीक कार्यक्रमका लागी देश भित्र र बाहिर पनि उत्तिकै ब्यस्त थिइन् । समिक्षाले गाएका गीत मध्ये ‘बाला पनको उमेर, माया मारेर, धनगढीको बसमा, सुर्ति माड्दा माड्दै, नबोली नबोली, मेरो छोरा, तिम्रै मायाले, चौतारीमा सोल्टी ज्यू, मैले बोलेको छैन, आफ्नो आफ्नो दुख, जाले रुमाल फट्यो’ लगायतका गीत हिट छन् ।