चलचित्र ‘वानर सेना’ प्रदर्शनमा

...

असोज, काठमाडौं । शुक्रवारबाट एउटा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छ ।

अर्पण गिरी (अरमान जंग) निर्देशित चलचित्र ‘वानर सेना’ देशभरका हलमा प्रदर्शनमा आएको हो ।

यो चलचित्रमा निर्देशक गिरीसँगै आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङसहित दर्जन बढी कलाकारको अभिनय छ । चलचित्रको कथा पौराणिक रहेको निर्माण टीमले जनाएको छ ।

युवराज गिरीले यस चलचित्रलाई निर्माण गरेका हुन् ।