‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड’ बुधवार राष्ट्रिय नाचघरमा हुने, मन्त्री श्रेष्ठले उद्घाटन गर्ने

...

असोज, काठमाडौं । ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ यही बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हुने भएको छ । 

नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि.स्टार फिल्मस् प्रा.लीले गीतसंगीत क्षेत्रका विभिन्न विधालाई समेटेर अवार्ड कार्यक्रम आयोजना गरेको हो । 

दिउँसो एक बजेबाट सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले जानकारी दिए । 

विभिन्न ४६ विधाका अवार्ड वितरण गरिँदैछ । यी विधामा उत्कृष्ट ५ मा परेका मध्येबाट सर्वोत्कृष्ट घोषणा गरी अवार्ड वितरण गर्न लागिएको हो । 

भोटिङसँगै निर्णायक र आयोजकको मतलाई पनि आधार मानेर सर्वोत्कृष्ट घोषणा गर्न लागिएको जनाईएको छ । 

सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक/गायिकादेखि निर्देशकसम्म अवार्डमा प्रतिस्पर्धामा छन् ।

मन्त्री श्रेष्ठले उद्घाटन गर्ने 

369867393_1358264641778883_674334023284732341_n.jpg

अवार्ड वितरण समारोहलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गर्नेछिन् । समारोहमा प्रमुख अतिथिका रुपमा मन्त्री श्रेष्ठको उपस्थिति हुने तय भइसकेको आयोजक संस्थाका अध्यक्ष चौहानले जानकारी दिए । 

गीतसंगीत क्षेत्रमा अग्रजदेखि अनुजसम्म दर्जनौं कलाकारहरुको उपस्थिति हुने समारोहमा विभिन्न सांगीतिक प्रस्तुति समेत रहनेछ । 

राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा अवार्डमा समेटिएको छ ।

अग्रजको सम्मान र नयाँ कलाकारहरुको प्रोत्साहनका लागि गरिएको अवार्डले छुट्टै गरिमा कायम गर्ने विश्वास आयोजकले लिएको छ ।