असोज, काठमाडौं । बि.स्टार फिल्मस् प्रा.लीले आयोजना गरेको ‘न्यू लुक बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ बुधवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा भव्य रुपमा सम्पन्न भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरियो । २१ हजार १ सय ११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित तुलाधरलाई उक्त सम्मान प्रदान गरिएको हो ।
त्यस्तै, गायक विष्णु खत्री ‘दशकका गायक सम्मान’बाट सम्मानित भए । मोडल सनम कठायतलाई ‘दशकका मोडल सम्मान’ प्रदान गरियो ।
समारोहमा कला पत्रकार सुशील नेपाललाई ‘युवा पत्रकारिता सम्मान’बाट सम्मानित गरियो भने गीता अधिकारीलाई पत्रकारिता सम्मान प्रदान गरियो ।
यसैगरी, समारोहमा आइटी ईञ्जिनियर राजेन्द्र अर्याल प्रविधि सम्मानबाट सम्मानित भए ।
समारोहमा अवार्डतर्फ सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड ‘बिन्ती बिसाई पाउमै छोएर’ गीतबाट प्रमोद खरेलले प्राप्त गरे गायिकाको अवार्ड ‘धोकेबाज ३’ गीतबाट एलिना चौहानलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट आधुनिक गायक जुरीतर्फको अवार्ड भने ‘पागल बन्दै छु’ गीतबाट गायक प्रताप दासलाई प्रदान गरियो ।
आधुनिकतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘उसलाई पाउन २’बाट सुनिल बिसीले प्राप्त गर्दा रोशन सिंह ‘कस्तो थिए कस्तो भए’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड विजेता भए ।
‘ए जिन्दगी’बाट जिम्बे राईले सर्वोत्कृष्ट आधुनिक पुरुष मोडलको अवार्ड हात पार्दा ‘यादमा’ गीतबाट स्मारिका ढकाल सर्वोत्कृष्ट आधुनिक महिला मोडलको अवार्ड विजेता बनिन् ।
लोकदोहोरीतर्फ ‘मोहनी’ बोलको गीतबाट खेम सेञ्चुरी सर्वोत्कृष्ट गायक घोषित भए । लोकदोहोरीमा सर्वोत्कृष्ट गायिकातर्फको अवार्ड ‘फुटेका चुरा’गीतबाट अनिता चलाउनेले हात पारिन् ।
लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायक (पब्लिक च्वाइस)तर्फको अवार्ड गायक अर्जुन सापकोटाले पाउन सफल भए । मोडल विजय पुन र गीता ढुंगाना लोकदोहोरीतर्फका सर्वोत्कृष्ट मोडल बन्न सफल भए ।
करिब ८ वर्षको अन्तरालमा २ हजार ५ सय बढी म्युजिक निर्माण गर्न सफल कम्पनी बि स्टार फिल्मस प्रा.लिले मन्त्री श्रेष्ठको प्रमुख अतिथ्यमा आफ्नो पहिलो संस्करणको अवार्ड कार्यक्रम गरेको हो ।
अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्व रहेको बताईन् ।
उनले कलाकारहरुको सम्मानका लागि आयोजना गरिएको अवार्ड कार्यक्रमको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने कलाकर्मीहरुलाई बधाई समेत दिएकी थिइन् ।
भिडियो निर्देशक बाबुराजा केसी ‘उज्ज्वल’, गीतकार एवं संगीतकार राजकुमार बगर, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा र भिडियो सम्पादक मिन रावल अवार्डमा निर्णायक थिए ।
आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले अग्रज कलाकारहरुको सम्मान र नयाँ कलाकारहरुको प्रोत्साहनका लागि अवार्ड कार्यक्रम सुरु गरिएको बताए ।
उनले आगामी दिनमा अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा लैजाने बताए । उनले सातै प्रदेशमा पुगेर त्यहाँका प्रतिभाहरुको खोजी गर्ने आफूहरुको उद्धेश्य रहेको बताए ।
पि.एन.सापकोटा, रुपा जिएम र समुन्द्रा चौहानले उद्घोषण गरेको कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिएका दिए ।
हेर्नुहोस्, ‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’ पाउनेको सूचीः
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – हरिभक्त बुढाथोकी (एउटै जाति थिएनौं नेपाली)
सर्वोत्कृष्ट वर्ष गीत – टंक तिमिल्सिना (मेरी चम्पा)
सर्वोत्कृष्ट गायिका (आधुनिक) – एलिना चौहान (धोकेबाज ३)
सर्वोत्कृष्ट गायक (आधुनिक) – प्रमोद खरेल (बिन्ती बिसाई पाउमै छोएर)
सर्वोत्कृष्ट नव–गायिका (आधुनिक) – अनु अधिकारी (भूपू माया ४)
सर्वोत्कृष्ट नव–गायक (आधुनिक) – शेर कैनी (तिमीलाई हेरी हेरी)
सर्वोत्कृष्ट मोडल पुरुष (आधुनिक) – जिम्बे राई (ए जिन्दगी २)
सर्वोत्कृष्ट मोडल महिला (आधुनिक) – स्मारिका ढकाल (यादमा)
सर्वोत्कृष्ट नव– मोडल पुरुष (आधुनिक) – प्रकाश विष्ट (कस्ती थिएँ कस्ती भएँ)
सर्वोत्कृष्ट नव– मोडल महिला (आधुनिक) – संगीता शाही (मायाको खेलैमा)
सर्वोत्कृष्ट गीतकार (आधुनिक) – सुनिल बिसी (उसलाई पाउन २)
सर्वोत्कृष्ट संगीतकार (आधुनिक) – रोशन सिंह (कस्तो थिए कस्तो भए)
सर्वोत्कृष्ट संगीत संयोजन (आधुनिक) – विशाल निरौला (न्याय दिलाइदे)
सर्वोत्कृष्ट नव गीतकार (आधुनिक) – उमेश चन्द ठकुरी (चोट)
सर्वोत्कृष्ट नव संगीतकार (आधुनिक) – नेहर बुढाथोकी (तिम्रो यादमा)
सर्वोत्कृष्ट छायांकार (आधुनिक) – पवन सुस्लिङ (चस्मा लगाउनी)
सर्वोत्कृष्ट निर्देशक (आधुनिक) – सिर्जन बराल ‘ऋषि’ (चस्मा लगाउनी)
सर्वोत्कृष्ट संगीतकार जुरी (आधुनिक) – सुवास कार्की ‘कार्की जी’ (धोकेबाज ३)
सर्वोत्कृष्ट पुरुष मोडल आधुनिक (जुरी) – नयन सिंह (कसरी भुलु तिमीलाई)
सर्वोत्कृष्ट मोडल महिला आधुनिक (जुरी) – समीक्षा पोखरेल (म जलेको चिता)
सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक (पब्लिक च्वाइस) – बिक्रम बुढाथोकी (मायाको व्यापार)
सर्वोत्कृष्ट गीतकार आधुनिक (प्रोत्साहन) – अजय पोखरेल (मायाको व्यापार)
सर्वोत्कृष्ट नव संगीतकार आधुनिक (जुरी) – डि.बि निरंकारी (औकात)
सर्वोत्कृष्ट गायक (पप/आधुनिक) – चक्र बम (कर्णाली तिर)
सर्वोत्कृष्ट गायिका (पप/आधुनिक) – एन्जिला रेग्मी (चस्मा लगाउनी)
सर्वोत्कृष्ट गायक पप आधुनिक (पब्लिक च्वाइस)– टेक बिसी (चस्मा लगाउनी)
सर्वोत्कृष्ट मोडल पुरुष (पप/आधुनिक) – बिमल अधिकारी (ए होर माया)
सर्वोत्कृष्ट मोडल महिला (पप/आधुनिक) – विना राउत (पहारी फूल २)
सर्वोत्कृष्ट नव मोडल पुरुष (पप/आधुनिक) – रमेश विश्वकर्मा (गल्ती भए २)
सर्वोत्कृष्ट नव मोडल महिला (पप/आधुनिक) – अनिशा वली (आउ तिमी अंगालोमा)
सर्वोत्कृष्ट संगीतकार (पप/आधुनिक) – भीम बिसी (चस्मा लगाउनी)
सर्वोत्कृष्ट निर्देशक (पप/आधुनिक) – गम्भीर विष्ट (आउन तिमी अंगालोमा)
सर्वोत्कृष्ट गायक आधुनिक (जुरी) – प्रताप दास (पागल बन्दै छु)
सर्वोत्कृष्ट मोडल पुरुष पप/आधुनिक (प्रोत्साहन) – साजन बुढामगर (पलमै म्याँ)
सर्वोत्कृष्ट मोडल महिला आधुनिक (प्रोत्साहन) – अञ्जना राउत (छैन है गुनासो)
सर्वोत्कृष्ट गायिका (देउडा) – रेखा जोशी (लै लै)
सर्वोत्कृष्ट गायक (देउडा) – चेतन बोहरा (जुन लाग्याकी)
सर्वोत्कृष्ट गायक देउडा (जुरी) – सुरेश चोखाल (हरामी साली)
सर्वोत्कृष्ट गायक देउडा (पब्लिक च्वाइस) – लाल बहादुर धामी (झलना रेलना दे)
सर्वोत्कृष्ट गायक लोकदोहोरी (पब्लिक च्वाइस) – अर्जुन सापकोटा (ए ठूली)
सर्वोत्कृष्ट संगीतकार लोकदोहोरी (जुरी) – बादल घिमिरे (मनमा पीर कति लिने हो)
सर्वोत्कृष्ट गीतकार लोकदोहोरी (जुरी) – मिना लामा ‘लोप्चन’ (आमा)
सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी (जुरी) – भिम खड्का (निरमायाको)
सर्वोत्कृष्ट गायिका लोकदोहोरी (पब्लिक च्वाइस) – सुनिता बुढाक्षेत्री (पानी दोभानको)
सर्वोत्कृष्ट गायिका (लोकदोहोरी) – अनिता चलाउने (फुटेका चुरा)
सर्वोत्कृष्ट गायक (लोकदोहोरी) – खेम सेञ्चुरी (मोहनी)
सर्वोत्कृष्ट मोडल महिला (लोकदोहोरी) – गीता ढुंगाना (बागलुङको बसैमा)
सर्वोत्कृष्ट मोडल पुरुष (लोकदोहोरी) – विजय पुन (जुन माया)
सर्वोत्कृष्ट नव मोडल महिला (लोकदोहोरी) – आभा थापा (पात बजाउँदै)
सर्वोत्कृष्ट नव मोडल पुरुष (लोकदोहोरी) – हिरोज सोनी (पात बाटुली)
सर्वोत्कृष्ट निर्देशक (लोकदोहोरी) – प्रविन थापा (पर्वते माया)
सर्वोत्कृष्ट गीतकार (लोकदोहोरी) – बिरही बस्याल (तिमी साथमा)
सर्वोत्कृष्ट संगीतकार (लोकदोहोरी) – ऋषि खड्का (ए नि बरै)
सर्वोत्कृष्ट संगीत संयोजन (लोकदोहोरी) – कृष्ण सताब्दी (फूलमा रस छ के)
सर्वोत्कृष्ट छायांकार (लोकदोहोरी) – अजय रेग्मी (ओ प्यारा)
सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक (प्रोत्साहन) – ज्ञानेन्द्र खड्का (जब देखे त्यो मुहार)
सर्वोत्कृष्ट गायिका (थारु)– अनु चौधरी (दिन गिन गिन)
सर्वोत्कृष्ट गायक (थारु)– उमेश मुस्कान (पाउके पाएर २)
सर्वोत्कृष्ट मोडल महिला (थारु)– ममता चौधरी (चुरी पाएल कंगना)
सर्वोत्कृष्ट मोडल पुरुष (थारु)– मुकुन्द जिसी (पाउके पाएर २)
सर्वोत्कृष्ट मोडल पुरुष थारु (जुरी)– विर चौधरी (ओ साथी रे)
सर्वोत्कृष्ट संगीतकार (थारु)– नरेश जोगी (ओ साजन)
सर्वोत्कृष्ट मोडल महिला थारु (प्रोत्साहन)– नेहा चौधरी (बिन्दिया बोलाए सजना)
सर्वोत्कृष्ट ध्वनी मिश्रण – कुमार राना (गल्ती भए २)
सर्वोत्कृष्ट श्रृङगार – अनिमेश गुरुङ (बैनी)
सर्वोत्कृष्ट निर्देशक आधुनिक (जुरी)– पुजा ठकुरी (सुसेली)
सर्वोत्कृष्ट सम्पादन – बिनोद बम (सुसेली)
सर्वोत्कृष्ट मौलिक गायक थारु (जुरी)– राज कुस्मी
सर्वोत्कृष्ट संगीतकार थारु (जुरी)– गणेश चौधरी (बिन्दिया बोले सजना)
सर्वोत्कृष्ट छायांकार लोकदोहोरी (जुरी)– नवराज उप्रेती (सकम्बरी)
सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी (जुरी)– दिपेन्द्र तिमिल्सिना (झम्के साँझ)