परदेशबाटै कमलाको दशैं गीत सार्वजनिक, शब्दमा घर आउन नपाएको कथा

...

असोज, काठमाडौँ । गीतकार कमला बोहरा खत्रीले यसबर्षको वडा दशैं बिशेष गीत सार्वजनिक गरेकी छिन् । दुईदशक बढी समयदेखी बेलायतमा बस्दै आएकी कमलाले दशैंमा परदेशबाट जन्मघर आउन नपाउँदाको पिडा शब्द मार्फत ब्यक्त गरेकी छिन् । उनले आफ्नै युट्युव मार्फत लिरिकल भिडिओ सार्वजनिक गरेकी हुन् । 

कमलाले लेखेका शब्दलाई अर्जुन सुनामले संगीत दिएका छन् भने स्वर दिनेकाम अमित बिष्टले गरेका छन् । गीतकार कमलाले परदेशमा रहेकालाई चाडपर्वको समयमा नेपालको अझ बढी याद आउने भएकाले प्रतिनिधि पात्र भएर गीत लेखेको बताइन् । उनले यसअघिपनि केहि गीतमा शब्द दिएकी छिन् ।