श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्मको ट्रेलर बाहिरीयो (भिडियो)

...

फागुन, काठमाडौं । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ‘ईन्द्रावती’ को ट्रेलर बाहिरीएको छ । बर्षौ पहिले निर्माण भएको यो फिल्मलाई निर्माणपक्षले अबभने प्रदर्शन गर्ने तयारी गरीरहेको छ । चर्चित टेलिफिल्म ‘ईन्द्रावती’बाट यो फिल्मको नाम सापटी लिईएको छ । फिल्ममा ‘इन्द्रावती’ टेलिफिल्ममै रहेका कलाकारहरु रहेका छन् । फिल्ममा श्रीकृष्ण र पुरानी अभिनेत्री विपना थापा मुख्य अभिनय रहेको छ ।

shreekrishnashresthaनिर्माणपक्षले जनाए अनुसार फिल्म चैत्र १९ गतेबाट प्रदर्शनमा आउने छ । उपदिप फिल्मस् को व्यानरमा बनेको यो फिल्ममा बद्री अधिकारीको निर्देशन तथा लेखन रहेको छ । फिल्ममा संगीत सम्भुजित बाँस्कोटाको छ । फिल्ममा श्रीकृष्ण र विपनासँगै रजनी राना, उपेन्द्र तिमल्सीना,जयन्नंद चंद ठाकुर,देशभक्त खनाल,विष्णु भक्त फुंयाल लगायतको अभिनय छ ।