मिसेस नेपाल वर्ल्ड २०२३ दशैं बिशेष म्युजिक भिडिओ

...

कात्र्तिक, काठमाडौँ । वडा दशैंको अवसर पारेर मिसेस नेपाल वर्ल्ड २०२३ का प्रतियोगीहरुलाई समावेश गरी दशैं गीतको म्युजिक भिडिओ तयार पारी सार्वजनिक गरिएको छ । सौन्दर्य प्रतियोगिताको क्षेत्रमै पहिलोपटक प्रतियोगीहरुलाई समावेश गरी म्युजिक भिडिओ तयार पारिएको हो । मंगलम् बोलको भक्ति गीत दुर्गा माताको आरधनमा आधारित छ। भक्ति गीतको म्युजिक भिडिओमा मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ। आठ मिनेट लामो दुर्गा आरधना आकर्षक प्रकाश संयोजनको आकर्षक सेटमा खिचिएको छ।

भक्ति गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका छन् भने गीत रचना रमेश दाहाल, संगीत सिर्जना र संयोजन राजेन्द्र बजगाई, मिक्सिङ्ग र ध्वनि सम्पादन मनोज परियार तथा बाद्यवदन भुवन गन्धर्भ, सञ्जिव बराईली र हेमन्त कान्छा रसाईलीको रहेको छ।

सन्दीप भुजेलको कोरीयोग्रफी र निर्देशनमा तयार भएको भक्ति संगीतको म्युजिक भिडिओमा छायांकन ओम प्रसाइ, कन्सेप्ट र स्क्रिप्टिङ्ग अश्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको रहेको छ । गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।