नवलपुरको कावासोतीमा ४ करोडको लगानीमा बन्यो कावासोती सिनेम्याक्स

...

कार्तिक, काठमाडौँ । नेपालकै मध्यजिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको कावासोतीमा सुबिधा सम्पन्न फिल्म हल सन्चालनमा आउने भएको छ । फिल्महल चोकमा रहेको पुरानो ‘गणपती’ चलचित्र मन्दिरलाई नयाँ स्वरुप दिँदै अत्याधुनिक शैलीमा ‘कावासोती सिनेम्याक्स’ नाम दिएर हल सन्चालनमा ल्याउन लागेको हल सन्चालक भरत मल्लले आर्टिष्ट खबरलाई जानकारी दिए ।

झण्डै दुईबर्षदेखी निर्माण कार्य सुरु गरिएको हलमा २ सय २६ सिट क्षमता रहेको छ । पछिल्लो झण्डै तीनबर्ष यता पुरानो गणपती हल सन्चालनमा आउन सकेको थिएन । जिल्लामा एउटा पनि फिल्म हल नहुँदा चितवनसम्म पुगेर फिल्म हेर्नुपर्ने समस्या दर्शकले भोग्नुपरेकाले सुबिधा सम्पन्न हल कावासोतीमै सन्चालनमा ल्याउन लागेको सन्चालक मल्ल बताउँछन् । उनका अनुसार एक साता भित्रमै हल सन्चालनमा आउनेछ । 

kawasoti-cinemax-fill-hall-nawalpur4.jpg

‘नवलपुरमा अन्य फिल्म हल छैनन्, दर्शकहरु माथि पहाडदेखी फिल्म हेर्न आउनुहुन्छ धेरैको गुनासो पनि थियो हल चाहियो भन्ने, त्यसैले पनि हामी एउटा सुबिधा सम्पन्न हल बनाउनुपर्छ भनेर लागेका हौं ।’ सन्चालक मल्लले भने ।  ‘अब यहि (कार्तिक) १५ गते सुभसाइत गर्ने तयारीमा जुटेका छौं ।’ उनका अनुसार हल पुर्णरुपमा सन्चालनमा आउँदा ४ करोड रुपैंया खर्च हुनेछ ।

kawasoti-cinemax-fill-hall-nawalpur1.jpg