‘परदेशी २’मा समावेश  ‘न भुल्नु ए साथी’ गीत सार्वजनिक

...

कार्तिक, काठमाडौँ । यतिबेला फिल्महलमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ ।

गीतमा केकी अधिकारी, प्रकाश सपुत लगायत फिचर्ड छन् । गीतमा परिच्छेद सेनको कोरियोग्राफी छ । चलचित्रमा प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ । चलचित्रका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन् ।