अमर अनुरागको नयाँ गीत ‘माया नै हो ’ सार्वजनिक

...

कार्तिक, काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक गरिएको छ । गीतमा बिकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ । सबै कलाकार हास्य श्रृखला ‘हर्के हल्वल्दार’का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोमा खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

भिडियोमा विजेश पौडेल (लातोकोसेरो फिल्मस्)को सम्पादन, प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाकार रहेको  भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन् ।

गायक आमर अनुराग हाल अमेरिकामा बस्छन् । उनी अमेरिकामा संगीतिक कार्यक्रम कन्सर्ट तथा फेष्टिभल समेत आयोजना गर्दै आएका छन् ।