जुवातास खेलेको आरोपमा कलाकार ईकु, चक्र बम सहित ९ जना पक्राउ

...

कार्तिक, काठमाडौँ । केहि लोकप्रिय कलाकारलाई प्रहरीले जुवातास खेलेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको मैतीदेवीबाट अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

गएको शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले उनीहरुलाई पक्राउ गरेको हो । उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गर्दै आएका छन् ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनीहरु कहिले छुट्छन् भन्ने टुंगो लागेको छैन ।